व्यवस्थापन
सम्बद्ध सबै पक्षको सन्तुष्टि नै संस्था सफलताको मूल आधार हो । संस्था सञ्चालनको कार्य मूलत: व्यवस्थापनको माध्यमद्वारा गरिने हुँदा व्यवस्थापन एउटा मुख्य संयन्त्र नै हो । संस्थाको काम कारवाहीहरु सुचारु र प्रभावकारी रुपले सञ्चालन गर्न अनुभवी सञ्चालक समिति, प्रबन्धक लगायत अन्य परिश्रमी तथा कर्मठ कर्मचारीहरुको एउटा स्वस्थ्य वातावरणको पारिवारिक समूह क्रियाशील रहेको छ भने यसको कार्य प्रणाली पूर्ण रुपले कम्प्युटराइज रहनुका साथै पारदर्शी लेखा तथा आधुनिक बैकिङ्ग सफ्टवेयर जडान गरी संस्थाको कारोवारलाई विश्वसनीय तथा व्यवस्थित गरिएको छ ।