उद्देश्य
संस्थामा संलग्न सदस्यहरू र जनसमूदायबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि तर्फ प्रोत्साहन गर्ने, आत्मनिर्भरता तथा आत्मविश्वास बढाउन उत्प्रेरित गर्ने, सदस्यहरूको आय आर्जन क्षमता बृद्धि गर्नका लागि आवश्यक सहयोग गर्ने, सदस्यहरूको आर्थिक अवस्थाको सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप संचालन गर्ने व्यवस्था मिलाउने, साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रवर्द्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरूको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संस्थाको सदस्यता ग्रहण गर्ने, दातृ संस्थाहरूबाट कुनै शर्त नराखी प्राप्त हुने अनुदान स्वीकार गर्ने, आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय संगठनहरूसँग सहयोगात्मक भावना राख्ने, सदस्यहरूको समूह र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरू र संस्थाको विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य संचालनका लागि चल, अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटी राख्ने, बन्धक राख्ने आदि कार्य गर्ने, संस्थाको विकासका लागि आय आर्जन परियोजना संचालन गर्ने, समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुर्याउने, प्रचलित कानून बमोजिम संस्थाले उपभोग गर्न पाउने छुट तथा सहुलियत सुविधाहरूको उपभोग गर्ने जस्ता उद्देश्य संस्थाले लिएको छ ।