धुम्बाराही, काठमाडौं +९७७-०१-४३७३२३२ flashcop4@yahoo.com

फ्लास बहुउद्देश्यीय सहकारी संस्था लि.

Flash Multipurpose Co-operative Ltd.

परिचय

अन्तर्राष्ट्रिय सहकारीका मूल्य मान्यता र सिद्धान्तहरूका आधारमा व्यक्ति बिशेष (सदस्यहरू) मा रहेको स-सानो रकमलाई एकिकृत गरी सहकारी मार्फत सशक्तिकरण गराई सामाजिक न्याय र आर्थिक समानताको आधारमा सदस्यहरूका निर्वाचित प्रतिनिधिहरूद्वारा संचालित एवम् प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारीको माध्यमद्वारा सदस्यहरूको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासका लागि एक बहुउद्देश्यीय सहकारी संस्थाको विकास गरी संचालन गर्न नितान्त आवश्यक भएकाले सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाण्डौमा मिति २०६६/१२/०१ गते सिरियल नम्बर २९६७ मा दर्ता भई संचालनमा आएको यस फ्लास बहुउद्देश्यीय सहकारी, सदस्यहरूद्वारा संचालित सदस्यहरूद्वारा नै नियन्त्रित एक विश्वसनीय स्वायत्त संस्था हो ।

मुलुकको सरकारी तथा गैह्रसरकारी सेवाका बिभिन्न क्षेत्रमा रहेर लामो समयसम्म विविध किसिमका अनुभव सँगाली सक्नुभएका अवकाश प्राप्त अनुभवी, प्रतिष्ठित, परिपक्क र जिम्मेवार व्यक्तित्वहरूको सुझ बुझपूर्ण अग्रसरतामा स्थापित यो संस्थाले २०६७ साल जेष्ठ २१ गतेबाट सहकारी सम्बन्धी कार्यको अभ्यास गर्दै आईरहेको छ भने आफ्ना काम कारवाहीहरूलाई सु-व्यवस्थित रूपमा संचालन गर्न अन्तराष्ट्रिय सहकारी सिद्धान्त, सहकारी ऐन २०७४, सहकारी नियमावली २०४८, सहकारी बिभाग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जारी भएका सहकारी सम्बन्धी निर्देशन एवम् मापदण्डहरू त्यसै गरेर संस्थाको विनियम र नीति निर्णयको अधिनमा रहेर क्रियाशील भईरहेको छ ।

समान आर्थिक उद्देश्य र आवश्यकताहरु भएका विभिन्न व्यक्तित्वहरु मिलेर संस्थाको साथ-साथै सदस्य एवं समुदायको हितका लागि सरल, सहज र सुलभ ढंगबाट सेवा प्रदान गर्ने र सदस्यहरुको शेयर तथा वचतको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध यस संस्थाको कार्य क्षेत्र उपत्यका स्थित तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) हरु पर्दछन् ।